NRN
नेप्से १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा बन्द भएको हो । 

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

गत कारोबार दिन अर्थात् सोमबार ११ अर्ब ८७ करोडको कारोबार भएकोमा मंगलबार आठ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ९६ करोड रूपैयाँ कमी आएको हो ।

आज ३१५ वटा धितोपत्रको एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ । यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार चार कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको हो ।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update