आज (आइतबार) चाँदीको मूल्य घट्दा सुनको मूल्य स्थिर
-1738475025.jpg)
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ ११:२९
प्रतिक्रिया दिनुहोस्