गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरिन्

- राजन घिमिरे
अन्तत: गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।
उनका श्रीमान अष्ट्रेलियामा बसोबास गर्छन् । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । उनले मुद्दामा माना चामल र अंश हक दाबी भने छोडेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ २०:२८
प्रतिक्रिया दिनुहोस्