NRN
शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौंको कलंकीस्थित शहिद मेमोरियल अस्पतालले शहिद दिवसको अवसरमा बृहत निःशुल्क शिविर सम्पन्न गरेको छ ।

विगत १७ वर्षदेखि कलंकी चोकमा संचालित अस्पतालले आज पुष १६ गते बुधबारका दिन स्वास्थ्य शिविर आयोजन गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेस्ठ बताउनुभयो । उक्त शिविरमा ९२५ जनालाई विशेषज्ञ डाक्टरहरू द्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधि समेत बितरण गरि सेवा प्रदान गरिएको थियो ।

शिविरमा जनरल तथा युरो सर्जरी, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोग, मधुमेह तथा थाइराइड रोग, नाक कान तथा घॉटी रोग, बालरोग, मुटुरोग, छाला तथा योनरोग, हाडजोर्नि तथा नशा रोग लगाएत अन्य थुप्रै रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिरहेको हो ।

शिविरमा बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ डा. रामकृष्ण बरालले चिकित्सकले यसरी शहिदहरूको सम्झनामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा जनतालाई रोगको बारेमा परामर्श सहित उपचार र औषधि बितरण गर्न पाउदा अत्यान्तै गौरवान्वित महशुस भएको व्यक्त गर्नुका साथै आगामी दिनहरूमा पनि अस्पतालले जनताहरूले यसरी नै थप सेवा उपलब्ध गराएको अबस्थामा आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update