NRN
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । क्यानेडियन डलरको मूल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा तोकिएको छ भने एक युरोको खरिददर एक सय ४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६  रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update