
- राजन घिमिरे
रातो रबर…..कान्छी के छ खबर’
दश बर्षको उमेर हुंदा तीन बर्ष अगाडि सचिन परियारले यो गीत गाएका थिए । फरक स्वर , उनको फरक प्रस्तुति अनि फरक लबचले नै उनलाई भाईरल बनायो । अझ भनौ, यूटुबेहरूले सचिनलाई रातारात चर्चामा ल्याए । सचिन कै अनुहार बिकाउंदै आफ्नो च्यानललाई कहाँ पुर्याए कहाँ ? लाखौं र करोडौ कमाए । बैंक ब्यालेन्स जम्मा गराए तर, बिडम्बना सबैको आयस्रोत बनेका बालक सचिन औषधी उपचार नपाएर सानै उमेरमा यो संसारबाट बिधा भए ।
दुख लाग्दो कुरा के छ भने अझै पनि यू टुबेहरूमा मानबिय संबेदना रहेन छ भनेर भन्नु पर्ने अबस्था आएको छ । सचिनको निधनको खबरलाई ब्रेकिंग र स्क्ल्यूसिबको नाममा केही यू टुबेहरू यसरी निधन भयो, उसरी निधन भयो भनेर मर मसलाहरू हाल्न लागि परेका छन । बांचुन्जेल आफ्ना पितादेखी यू टुबेसम्मको दुहुनो गाई बनेका बिचरा सचिनको निधनलाई पनि यू टुबेहरूले कमाई खाने माध्यम बनाईकनै छाडे ।
सचिनमाथि अहिलेसम्म जे जति भयो, त्यो उनको अबोधपनमाथिको खेलबाड थियो । गरिब हुनु, त्यसमाथि दलित पनि । दर्बिलो अभिभावकत्व नमिल्नु, त्यसमाथि कमजोर पनि । यावत् कुराको एकमुष्ट बोझ उनले भुक्तान गर्नु पर्यो। त्यो गरे, अब केहि भोग्नै नपर्ने भयो...।
केही बिचौलिया र उनका आफ्नै बाबु-आमाले समेत दर्शक संख्या, प्रसिद्धि, र आर्थिक फाइदालाई प्राथमिकता दिँदै, उनको वास्तविक आवश्यकतालाई बेवास्ता गरे ।
फक्रन नपाउँदै दैबले चुडेको सानो कोपिला सचिनको नाम , नियती , पिडा र भाबनासंग खेलेर जसले दाम र नाम कमाए , तिमीहरूको भलो भने कहिले हुने छैन , यो भन्न कतै धक मान्नु पर्दैन ।
नौ वर्षको उमेरमा भाइरल भएका उनको निधनले गुमनामको नियति सहनु पर्यो । बाल मनःस्थितिको अबस्था अनि पारिवारिक बिचलन र सामाजिक सञ्जाललाई ग़लत प्रयोग गर्ने उद्देश्य, सोच र शैली अनि भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धमा संवेदनशील विषयमा निकै सजग भएर मात्र नेपाली समाज र बिभिन्न क्षेत्र अनि बिधाहरूले भूमिका निभाउन सक्नु पर्छ भन्ने कुरा यहाँ उल्लेख गर्दा ठिक होला ।
उज्ज्वल भबिष्य बोकेका बल - बालिकालाई भरपूर प्रयोग गरेर उनिहरूको नाम र आडमा कमाउ धन्धा गर्ने र पछि काम नलाग्ने भएपछि फ्याकिंदीने नियत बोकेकाहरू अहिले पनि सचिन जस्तै निर्दोषहरूको खोज्न लागि परेका छन । यस्ताहरूबाट आफ्ना सन्तानलाई चांडै जोगाउंनुस है… नत्र पछि अरूहरूले पनि सचिन जस्तै नियती भोग्नु पर्ने अबस्था नआउला भन्न सकिन्न….॥