NRN

Krishna-Prasad-Sitaula-1-1777291864.jpg
 

नेपाली कांग्रेसले राष्ट्रियसभाको दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउनेबारे छलफल सुरू गरेको छ।

कांग्रेसको विधान अनुसार प्रतिनिधिसभा संसदीय दल नेतालाई राष्ट्रियसभाको दल नेता चयन गर्ने अधिकार दिएको छ। त्यसै अनुसार सोमबार संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएपछि राष्ट्रियसभाको दल नेता पनि परिवर्तन गर्नुपर्ने कुरा उठेको एक नेताले जानकारी दिए।

उनका अनुसार सिटौलालाई हटाएर कमला पन्तलाई दल नेता बनाउनेबारे छलफल भइरहेको छ।

सिटौला विशेष महाधिवेशनको प्रखर विरोधी नेताका रूपमा चिनिन्छन्। उनले कुनै पनि हालतमा विशेष महाधिवेशन गर्न नहुने अड्डी लिएका थिए। उनले विशेष महाधिवशेनको वैधानिकतालाई पनि स्वीकार गरेका छैनन्।

पूर्वसभापति शेरबहादुर देउवा समूहबाट पार्टीभित्र समानान्तर गतिविधि गर्नेमा उनी एक प्रमुख नेता हुन्। त्यही भएर पनि उनलाई राष्ट्रियसभाको दल नेताबाट हटाउनुपर्ने माग कांग्रेसभित्र उठेको हो।

यसबारे पार्टीभित्र केही दिनयता लगातार प्रश्न उठेपछि अहिले उनलाई हटाउनेबारे छलफल सुरू गरिएको ती नेता बताउँछन्।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update