NRN

Sagoon5-1777791786.jpg
काठमाडौ, लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको लागि सगुन ग्रुप सोल बितरक र बजार ब्यबस्थापक बनेको छ ।

सम्झौतामा उल्लेख भए अनुरूप अबबाट चौधरी ग्रुपका उत्पादनहरू को सगुन ग्रुपले पुरा अष्ट्रेलिया कानुनी र आधिकारीक रूपमा बजार ब्यबस्थापन गर्न पाउंने भएको छ । अष्ट्रेलियामा बिशेषत वाईवाई चाउचाउ लगाएतका सिजीका अन्य उत्पादनहरू बढी मात्रामा खपत हुने गरेको छ ।

Sagon2-1777791997.jpg
सगुन ग्रुपसंगको सम्झौताले अष्ट्रेलियामा चौधरी ग्रुपका उत्पादनहरूले झनै फैलने र बिस्तार हुने अबसर पाउंने धारणा चौधरी ग्रुपका ग्लोबल एक्स्पोर्ट हेड जीबन शर्मा आचार्यले बताउंनु भयो।

यसैबीच अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरू माँझ चौधरी ग्रुपका उत्पादनहरू सहज तरिकाले पुर्याउंन आफ्नो संस्थाले पुलको काम गर्न पाएकोमा सगुन ग्रुपका प्रमुख भूषण कक्षपतीले प्रसन्नता ब्यक्त गर्नु भयो ।कक्षपतीले चौधरी ग्रुपले आफ्नो संस्था माथि गरेको बिश्वासको आफ्नो संस्था सधै कदर गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउंनु भयो ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update