NRN
राष्ट्रपति र एनआरएनए बीचको भेटमा के भयो ?

- राजन घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रपतिसंग भेट गरेका छन । बुधबार भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धि र विकासका यात्रामा जोडिनुपर्ने आवश्यकता औँल्याउनु भएको थियो। 

भेटका क्रममा राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूले उठाउँदै आएका एनआरएन नागरिकता, मताधिकार तथा लगानीसम्बन्धी विषयमा सरकार तहमा थप छलफल र पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले एनआरएनएका प्रमुख मुद्दाहरू राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो। भेटमा अध्यक्ष डा. केसीले लागू भएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र अध्यादेशमार्फत उत्पन्न भएका अल्झनहरू समाधान गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update