NRN

images_Rabi-1777794626.jpg
काठमाडौं । पक्राउको विरोध बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले निजी क्षेत्रसँग भेटवार्ता गर्ने भएका छन् । उनले निजी क्षेत्रलाई छलफलका लागि बोलाएका छन् ।

सरकारले विभिन्न आरोपमा उद्योगी व्यवसायीहरूलाई धमाधम पक्राउ गरेपछि व्यवसायी त्रसित बनेका छन् । यही सन्दर्भमा लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायतमा आवद्ध उद्योगी तथा व्यवसायीहरूलाई छलफलमा बोलाएका छन् ।

स्रोतका अनुसार लामिछानेले निजी क्षेत्रलाई अर्थतन्त्रबारे छलफल गर्ने भन्दै आज आइतबारका लागि बैठक बोलाएका हुन् । व्यवसायीलाई बोलाएको पत्रमा व्यावसायिक वातावरण सुधार गर्ने र निजी क्षेत्रले भोगिरहेका समस्या र अर्थतन्त्रलाई गति दिन सुझाव लिने उल्लेख छ । 

व्यवसायीले पहिला थुन्ने, पछि सुन्ने प्रवृत्तिको विरोध गर्दै आएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि व्यवसायीलाई पक्राउ गरेर दुःख नदिने बताएका थिए । तर प्रहरीले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, शंकर अग्रवाल, सुलभ अग्रवाल, दीपक भट्टलगायतलाई पक्राउ गरेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update