NRN
नमात्तिकन अगाडि बढेकी केकीका कुरा….

- राजन घिमिरे 

ब्यक्तित्वको हिसाबले मात्र होइन कि कलाकारितामा उपस्थिति, आबद्दता अनि सक्रिएतालाई आधार मान्ने हो भने पनि सरल,शालिन र सौम्य लाग्छिन अभिनेत्री केकी अधिकारी । तडक - भडक अनि अस्वाभाविक चर्चा , हाई हाई र सस्तो लोकप्रियताको कहिले पनि आश गरिनन् उनले । 

 न त अरूलाई गाली गरेर वा अरूको बारेमा बोलेर आउंने चर्चाको भोक नै आयो उनीमा ।  आज केकी जहां छिन,जून उचाई र वाहवाही पाएकी छन त्यसमा उनको आफ्नै कर्म,त्याग, कलाकारिताप्रतिको समर्पण र निरन्तरताको प्रतिफल हो भन्दा फरक नपर्ला । 

कलाकारिता बिधामा समर्पण घरानियां परिबारको पृष्ठ भूमि पनि उनको अर्को गौरब गर्न लायकको पाटो हो । केकीका पिता बरिष्ठ चलचित्रकर्मी बद्री अधिकारीको उचाई,वजन अनि त्यो प्रतिष्ठाले पनि केकीको जिबनमा धेरै महत्वपूर्ण भूमिका खेल्यो र खेलिरहेको  छ ।

 म्यूजिक भिडियोबाट टेलिभिजन हुंदै ठूलो पर्दामा हाम्फालेकी केकी अधिकारीको आज के नेपाल त के बिदेश ? नेपालीहरूको उपस्थिति भएका देश , शहर र स्थानहरूमा लोभलाग्दो क्रेज छ । कहाँ कसरी प्रस्तुत हुनु पर्छ ? निकै गहिरो अध्ययन र अनुभब छ केकीसंग । तै भएर त उनी बिबादबाट टाढै देखिन्छिन ।पछिल्लो पटक उनलाई चलचित्र बोक्सीको घरले चर्चा र ख्यातीको चरमचुलीमा नै पुर्यायो । नाम र दाम पनि राम्रैसंग छापिन । तै पनि मात्तिईनन्  उनि । आफूले गरेका धेरै काम असफल हुंदा पनि आत्तिएकी छैनन् उनि । अभिनयमा शालिनता जस्तै करिएरका उतार चढाबहरूमा पनि उनी आफूलाई सम्हालेर अगाडि बढिरहिन । सफल हुंदा होस या असफल हुंदा नै किन नहोस ? उनमा अस्वाभाविक परिपर्तन कहिले पनि आएन ।

हरेक परिस्थिति , अबस्था, घटना वा परिघटनालाई समयको मागका रूपमा लिने र बुझ्ने गजबको बिशेषता छ उनमा । उनले नेपाली कलाकारितामा बिताएको लामो यात्रा सांच्चै संघर्षपूर्ण नै थियो । जिबनमा कलाकारिता बाहेक उनको हात र प्रतिक्षामा थुप्रै पेशा र अबसरहरू पनि आएका थिए, तर उनले ती सबैलाई लत्याउंदै कलाकारिता बिधामा नै आफूलाई समर्पण गरिन् ।

 सधै एकनासे र सदाबहार जिबनशैली ,ब्यबहार र उपस्थिति…। गज्जबको बिशेषता अनि शेलीकी धनी केकी अधिकारीको कलाकारिता यात्रा अझै उचाईमा पुगोस, झांगियोस र बिस्तार होस…जन्म दिनको मुरी मुरी शुभकामना…॥

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update