NRN
सरकारले आगामी आर्थिक वर्षको बजेटमाथि जेठ २७ गतेबाट मन्त्रालयगत छलफल हुने

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि जेठ २७ गतेबाट मन्त्रालयगत छलफल हुने भएको छ ।

जारी प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले मन्त्रालयगत छलफल हुने समय जानकारी गराएकी हुन् ।

आजकै बैठकले विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update