शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
                        
                        
                                                
                                            
                                                                    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, शुक्रबार चाँदी १४ सय रूपैयाँमा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:४६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

