बढ्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
                        
                        
                                                
                                            
                                                                    मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् सोमबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, सोमबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ६० रूपैयाँमा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

