यस्ताे आजकाे विदेशि मुद्राकाे विनिमय दर

नेपाल राष्ट्र बैंकले नेपाली बजारमा शुक्रबारक लागि विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ७६ पैसा र बिक्रीमा ९१ रूपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, क्यानेडियन डलर एकको खरिदमा १०० रूपैयाँ ४५ पैसा र बिक्रीमा १०० रूपैयाँ ९० पैसामा काराेबार भइरहेकाे छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४८ रूपैयाँ ३३ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७० रूपैयाँ ६१ पैसा पाइन्छ ।  

यस्तै, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ८२ पैसा र बिक्रीमा २८ रूपैयाँ ९५ पैसा पाइन्छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसाकाराेबार भइरहेकाे छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७६ पैसा तोकिएको छ ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ३८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ३३ पैसा पाइन्छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update