सुन ताेलाकाे एक लाख २० हजार ७०० रुपैयाँ पुग्याे, चाँदी कतिमा हुँदैछ काराेबार ?
                        
                        
                                                
                                            
                                                                    नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आजका लागि सुन चाँदीको मूल्य निर्धारण गरेकाे छ । जसमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । याे मूल्य अघिल्लाे दिनकाे तुलनामा तोलामा २०० रुपैयाँले बढेको छ ।
यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

