नेप्सेमा तेस्रो सर्किट : बन्द भयो आजका लागि सेयर कारोबार
                        
                        
                                                
                                            
                                                                    सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ ।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ । आइतबार ५ प्रतिशतको वृद्धिपछि ४० मिनेटको लागि सर्किट लागेर बन्द भएको नेप्से पुनः बढेर ६ प्रतिशत पुगेपछि आजको लागि सेयर कारोबार बन्द भएको हो ।
आइतबार कुल ९ मिनेट मात्रै शेयर कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

