नेपाली बजारमा घट्याे सुन मूल्य
                        
                        
                                                
                                            ज्ञज्ञज्ञ1693118108.jpg) 
                                                                    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आजपनि घटेकाे छ।
मंगलबार र बुधबारकाे तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेर आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार र बुधबारकाे तुलनामातुलनामा प्रतितोला २० रुपैयाँ घटेर आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:०४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


1691909260.jpg) 
                                                 
                                                1690441566.jpeg) 
                                                 
                     
                     
                     
                     
                     
                     
                    