प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी
शनिबार, माघ १४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
शनिबार, माघ १४, २०७९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
विविध कार्यक्रम सहित मनाइयो भारतको ७४ औं गणतन्त्र दिवस
शनिबार, माघ १४, २०७९
नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । लैनचोरस्थित दूतावासमा विहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुुर्मुले राष्ट्रका नाममा गरेको सम्वोधन वाचन गरेका थिए ।
रवि लामिछानेले दिए राजीनामा
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
रवि लामिछाने भन्छन्, अदालतको फैसलाको स्वागत गर्छु
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा
शुक्रबार, माघ १३, २०७९
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिए । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन ।
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो ।
मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउछु : मुख्यमन्त्री यादव
शुक्रबार, माघ १३, २०७९
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउने बताएका छन् । विहिबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टाचारलाई जडै देखि उखालेर फाल्ने बताएका हुन् ।
सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेता फिल्मलाई २ लाख पुरस्कार
शुक्रबार, माघ १३, २०७९
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो ।
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति
शुक्रबार, माघ १३, २०७९
बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् ।
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
बिहीबार, माघ १२, २०७९
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।


