रवि लामिछानेले आज नेपाली नागरिकता लिने
आइतबार, माघ १५, २०७९
धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते
आइतबार, माघ १५, २०७९
शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
धनकुटा महोत्सबको भिडमा च्यापिएर ३ जना गम्भिर, दर्जन बढि घाइते
शनिबार, माघ १४, २०७९
धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिदा भएको झडप पछि भागदौडमा दर्जन बढि घाइते भएका छन् । घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी
शनिबार, माघ १४, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
शनिबार, माघ १४, २०७९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
विविध कार्यक्रम सहित मनाइयो भारतको ७४ औं गणतन्त्र दिवस
शनिबार, माघ १४, २०७९
नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । लैनचोरस्थित दूतावासमा विहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुुर्मुले राष्ट्रका नाममा गरेको सम्वोधन वाचन गरेका थिए ।
रवि लामिछानेले दिए राजीनामा
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
रवि लामिछाने भन्छन्, अदालतको फैसलाको स्वागत गर्छु
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा
शुक्रबार, माघ १३, २०७९
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिए । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन ।
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो ।
मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउछु : मुख्यमन्त्री यादव
शुक्रबार, माघ १३, २०७९
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउने बताएका छन् । विहिबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टाचारलाई जडै देखि उखालेर फाल्ने बताएका हुन् ।

