NRN
खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव

२१ साउन, काठमाडौं । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि  ग्याँस डिलरहरूमा अनुगमन तीव्र पारिएको छ ।

स्थानीय प्रशासनको सहयोगमा  नेपाल आयल निगम इन्धन डिपोबाट खटिएका  टोलीले  विभिन्न ग्याँस डिलर तथा पसलहरूमा अनुगमन सुरु गरेका छन् । टोलीले ग्यास डिलरमा मौज्दात कति छ, खाली कति छ भन्दै सोधपुछ गर्न थालेका हुन् ।

टोलीले नगरको  चोक,पसल अनुगमन गरिरहेको छ । अनुगमनको क्रममा धेरै स्थानका डिलरमा भरी सिलिण्डर ग्याँस नदेखिएको र कतिपय डिलरहरूमा मौज्दात रहेको भेटिएको अनुगमन टोलीका एक सदस्यले जनाए । टोलीका अनुसार डिलरमा भेटिएका ग्यास आवश्यकता अनुसार उपभोक्ताहरूलाई बाँड्ने प्रबन्ध मिलाइएको छ ।

अनुगमन टोलीमा संलग्न एवं नेपाल आयल निगम इन्धन डिपो  देशभरि ग्यास अभाव सिर्जना भएको सार्वजनिक भएपछि यहाँको अवस्था बुझ्न अनुगमन थालिएको बताए । ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक अनुमगन थालेका छौँ’, उनले भने, ‘अहिले सम्म विभिन्न डिलरमा अनुगमन गर्दा अधिकांशमा ग्यास नरहेको देखियो भने कतिपयमा थोरै मौज्दात रहेको भेटियो । मौज्दात भेटिएका ग्याँस आवश्यकता अनुसार स्थानीयबासीलाई बाँड्ने प्रबन्ध मिलाइरहेका छौँ ।’

टोलीले बाहिर हल्ला भएजस्तो चरम अभाव नभएको दाबी गरेको छ । टोलीका सदस्यका अनुसार अधिकांश उपभोक्ताले ग्यास नपाउने त्रासले अत्यधिक स्टक थुपारेका कारण पनि अभाव सिर्जना भएको हो । अन्य स्थानमा पनि अनुगमन गरिने जनाइएको छ ।

टोलीका सदस्यहरूले डिलरमा पुगेर बिक्रेताहरूसँग सहजीकरण गर्दै भएको ग्याँस उपभोक्तालाई दिन आवश्यक निर्देशन दिनुका साथै ग्यास नपाउने उपभोक्तालाई सहज रुपमा पुर्‍याउने व्यवस्था मिलाउन फोन नम्बरसमेत सार्वजनिक गरेको छ । टोलीका अनुसार  भित्रिने ग्यासमा विगतको तुलनामा कटौती नभई उल्टै बढी आएको छ । टोलीले डिलरभित्र सबै स्थानमा चेकजाँच गर्ने गरेका छन् ।

बजार  क्षेत्रमा बढी पैसा लिएर ग्याँस दिने गरेको गुनासो आए पनि अनुगमनका क्रममा त्यस्तो फेला नपरेको सिलवालले बताए । उपभोक्ताबाट पनि मौखिक या लिखित रुपमा आफूकहाँ त्यस्तो उजुरी नआएको उनको भनाइ छ ।

टोलीले ग्याँसको चरम अभाव नभएको बताइरहेका बेला स्थानीयबासी भने ग्यासका लागि धेरै संघर्ष गर्नुपरेको गुनासो गर्छन् । डिलरमा जाँदा ग्याँस छैन भन्ने र ग्यास आएको स्थानमा जाँदा यसअघि जहाँबाट लिने गरेको थियो, सोही डिलरमा जान भन्ने गरेको उनीहरूको गुनासो छ ।

बजारमा खाली सिलिण्डर बोकेर हिँड्नेहरू यत्रतत्र देखिन्छन् । उनीहरू ग्यासका लागि दिनभरि खटिने गरे पनि सहज रुपमा नपाएको गुनासो गर्छन् । ग्याँसको अभाव उत्कर्षमा पुगेपछि कतिपयले विद्युतबाट चल्ने उपकरण किन्न थालेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update