NRN
धुलिखेलमा  होटल सारथी…। यस्ता छन बिशेषताहरू…॥

पछिल्लो समय प्रबासमा रहनु हुने नेपालीहरूले नेपालमा लगानी गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा लामो समयदेखी जापानलाई कर्मथलो बनाउंदै आएका र जापानमा रहेका थु्प्रै रेष्टुरेण्टका सन्चालक दिपक सुनार नेपालको सारथी होटलसंग आबद्द भएका छन । काभ्रेको धुलिखेलमा रहेको सारथी होटलसंग दिपक सुनार शनिबारदेखी आबद्द भएका हुन ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय वातावरणमा अवस्थित यस होटलमा ८० वटा सुविधासम्पन्न कोठाहरू , रूफटप स्विमिङ पुल,आउटडोर जाकुजी (Jacuzzi)साउना, स्टिम तथा स्पा सुविधा,आकर्षक बगैंचा तथा खुला वातावरण,सभा, सेमिनार तथा विभिन्न कार्यक्रमका लागि ४ वटा आधुनिक हलहरू, पारिवारिक, व्यावसायिक तथा पर्यटकीय बसाइका लागि उत्कृष्ट व्यवस्था उपलब्ध भएको बताईएको छ।

 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update