मन्त्रीको नामबाट अमरेशको नाम काटियो

काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।
अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्


