
काठमाडौ, डोलेश्वर भिलेज रिसोर्ट एष्ड फार्म हाउसले आरम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको जनाएको छ।
कम्पनीको मंगलबार सम्पन्न विशेष साधारणसभाले सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो, कम्पनीले जारी पुँजीको ३० प्रतिशतका दरले हुन आउने अंकित मूल्य एक सय रुपैया कायम रहने गरि १६ करोड २० लाख रुपैयाँ बराबरको १६ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ।
उक्त रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । चारतारे होटलमा स्तरोन्नति हुने पक्रियामा रहेको रिसोर्ट आन्तरिक तथा बाहृय पर्यटकको आकर्षणको प्रमुख गन्तयका रुपमा स्थापित हुँदै गएको जनाएको छ ।
प्राकृतिक सौन्दर्यसँगै अत्याधुनिक सुविधा सहितको आरामदायी बसोबास,विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठि तथा पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थलका रुपमा परिचित यस रिसोर्ट प्रसिद्व डोलेश्वर महादेव मन्दिरबाट करिब २ सय मिटरको दुरिमा अवस्थित रहेको छ ।
कम्पनीले साधारण सेयर निष्कासनका लागि बिक्रि प्रवन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुत्त गरिसकेको जानकारी दिएको छ । साथै, केयर रेटिङ्ग नेपालले कम्पनीलाई द्य प्लस रेटिङ्ग प्रदान गरेको ।


