काठमाडौं । पाँच वर्ष विभिन्न पदमा रहेर जनताको सेवा गर्ने बाचा गरेर चुनाव जितेका प्रदेशसभा एवं स्थानीय तहका २७ जना जनप्रतिनिधिहरूले बीचैमा छाडेर प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । प्रदेशसभाका १६ जना र स्थानीयतहका ११ जनप्रतिनिधिले राजीनामा दिएर चुनावमा उम्मेदवार बनेको निर्वाचन आयोगले जनाएको छ । उनीहरूको यो निर्णयले राज्यलाई भने उपनिर्वाचनको भार थपिने भएको छ ।
प्रदेशसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा उपनिर्वाचनद्वारा पूर्ति गर्नुपर्ने र स्थानीय तहको अवधि एक वर्ष बाँकी छँदा रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले प्रदेशसभाको कार्यकाल झन्डै २ वर्ष बाँकी छ भने स्थानीय तहको कार्यकाल एक वर्ष ३ महिनाभन्दा बढी छ । जसका कारण १६ वटा प्रदेशसभा र ११ वटा स्थानीय तहका जनप्रतिनिधिका लागि उपचुनाव गर्नैपर्ने दबाबमा सरकार छ । यसरी राजीनामा दिनेहरूमा नगर प्रमुख ७ जना, गाउँपालिका अध्यक्ष दुई जना, नगर उपप्रमुख एक जना, र गाउँपालिका उपाध्यक्ष एक जना रहेका छन् ।
राजीव गुरुङ (दीपक मनाङे) – गण्डकी प्रदेशसभा (सर्वोच्च अदालतले सांसद पद खारेज गरेको)
रामचन्द्र मण्डल - मधेश प्रदेश, सतिश कुमार सिंह - मधेश प्रदेश
भरत साह - मधेश प्रदेश,रहबर अन्सारी - मधेश प्रदेश
अमनकुमार मास्के – बागमती प्रदेशसभा, वसन्तप्रसाद मानन्धर– बागमती प्रदेशसभा
प्रकाश श्रेष्ठ – बागमती प्रदेशसभा, युवराज दुलाल – बागमती प्रदेशसभा
कुन्दनराज काफ्ले – बागमती प्रदेशसभा, धनबहादुर मास्के – लुम्बिनी प्रदेशसभा
धर्मबहादुर चौधरी – लुम्बिनी प्रदेशसभा, कृष्णा केसी – लुम्बिनी प्रदेशसभा
कन्हैया बनिया – लुम्बिनी प्रदेशसभा
ताराप्रसाद जोशी – सुदूरपश्चिम प्रदेशसभा


