पर्सा जिल्ला अदालतले माग्यो एक करोड धरौटी, मनोनयनका दिनमै रवि लामिछानेलाई धक्का
सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेको छ । मंगलबार भएको थुनछेक बहसपछि लामिछानेसँग १ करोड रूपैयाँ धरौटी माग्ने आदेश भएको हो ।
पर्सा जिल्ला अदालतका एक कर्मचारीका अनुसार न्यायाधीश रुद्र सुवेदीको इजलासले लामिछानेसँग १ करोड रूपैयाँ धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ । लामिछाने मंगलबार नै पर्सा जिल्ला अदालत पुगेर बयान दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १५:४२
प्रतिक्रिया दिनुहोस्


