NRN
नयाँ केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने बैठकपछि कांग्रेसको थापा पक्ष निर्वाचन आयोग जाँदै

नेपाली कांग्रेसको विशेष महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरू भएको छ। 

ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेटमा केही बेरअघि बैठक सुरू भएको हो।

भृकुटीमण्डपको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यी केन्द्रीय कार्यसमिति चयन गरेको थियो। 

Gagan_Baithak-1768471744.jpg
 

उनीहरुको शपथ बाँकी नै छ। 

सभापति गगन थापाले भने गएराति नै शपथ लिइसकेका छन्। उपसभापतिसहित अन्य पदाधिकारी र केन्द्रीय समितिको शपथ बाँकी छ। 

विशेष महाधिवेशनले निर्वाचित केन्द्रीय समिति अद्यावधिकका लागि पनि आजै निर्वाचन आयोग जाने तयारी छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update