NRN
कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानी र चन्द्र ढकालबीच भेटवार्ता

भेटका क्रममा ढकालले नेपाल–कतारबीचको निजी क्षेत्र सहकार्यलाई संयुक्त परियोजना र परिणाममुखी साझेदारीतर्फ लैजानुपर्नेमा जोड दिएका थिए । नेपाल र कतारबीचको सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरको विश्वास र सहकार्यमा आधारित रहेको कुरा पनि ढकालले स्पष्ट रूपमा राखेका थिए । भेटमा ढकालले ऊर्जा, पूर्वाधार, वित्त, पर्यटन, सेवा र लजिस्टिक्स जस्ता क्षेत्रमा सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update