सुनको मूल्यमा गिरावट, आज कतिमा हुदैछ कारोबार?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार भारी मात्रामा बढेको सुनको मूल्य आइतबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्


