सुनको भाउ हालसम्मकै उच्च , नाघ्यो २ लाख ७० हजार

१३ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।
यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्


