रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।
आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार चार सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ ११:५६
प्रतिक्रिया दिनुहोस्


