एमालेको मगगणना सुरु, अध्यक्षमा ओलीको अग्रता

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ ।
प्रारम्भिक मतगणनामा अध्यक्षका उम्मेदवार केपी ओलीले अग्रता लिएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले पन्छाई रहेका छन्। ओलीले १५७ मत ल्याउँदा पोखरेलले ७४ मत ल्याएका छन्।
महाधिवेशन सचिवालयका अनुसार निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालेर मुचुल्का हस्ताक्षर गरेपछि मतगणना सुरु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १०:५९
प्रतिक्रिया दिनुहोस्


