राष्ट्रपति र अष्ट्रेलियाली राजदूतबीच भेटघाट
नेपालका लागि अष्ट्रेलियाली राजदूत लियन जोनस्टनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नु भएको छ ।
भेटमा राजदूत लियनले अष्ट्रेलिया–नेपालबीचको सुदृढ साझेदारीलाई पुनः पुष्टि गर्नु भएको छ । उहांले नेपाल र अष्ट्रेलियाको सम्बन्ध नेपाली विद्यार्थीहरू र डायस्पोराले झन् बलियो बनाइरहेको बताउंनु भयो ।
उहांले आउँदो मार्चमा ५ मा नेपालमा हुन लागेको सुरक्षित र समावेशी चुनावका लागि शुभकामना समेत दिनु हुंदै नेपालमा आफ्नो कार्यकालभर पाएको आतिथ्य र सहयोगप्रति आभार समेत प्रकट गर्नु भयो ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२ १६:४८
प्रतिक्रिया दिनुहोस्


