सुनको भाउ आज कति पुग्यो ?
काठमाडौं । पछिल्लो ३ दिन लगातार सुनको भाउ वृद्धि भइरहेको छ । आज सोमबार मात्रै एक तोला सुनको मूल्य १ हजार ४०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो तोलाको २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य यस दिन तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य तोलाको ४५ रूपैयाँले बढेर ३ हजार ५३५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ १३:१६
प्रतिक्रिया दिनुहोस्


