NRN
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको भेला प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ । आज दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला भएको हो ।

भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटीका साथै लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्मा पनि उपस्थित छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए ।

विशेष महाधिवेशन पक्षधरले २०१४ सालमा भएको कांग्रेसको प्रथम विशेष महाधिवेशनमा सहभागी रहेका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला गरेका हुन् ।

कांग्रेस विधान अनुसार प्रस्ताव पेश गरेको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यसलाई आधार बनाई जसरी पनि विशेषमहाधिवेशन गर्न दवाद दिने नेताहरुले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update