NRN
बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । 

मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update