प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
अन्तत: नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।
मंगलबार एमाले नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।
एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेका छन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आजै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।
विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौला र सचेतक सुनिता बराल रिट लिएर सर्वोच्च अदालत गएका हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ १३:२९
प्रतिक्रिया दिनुहोस्


