मंगलबार प्रतितोला ५२ सयले बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन महासंघको अनुसार मंगलबार प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि ८५ रूपैयाँले बढेको छ ।
सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ ११:२७
प्रतिक्रिया दिनुहोस्


