NRN
रास्वपाको हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ ।

कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो । रास्वपा गठन भएको ४० महिनापछि मनाङमा पार्टी संरचना बनेको हो ।

भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन भएका छन् भने सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली छन् ।

भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ । साथै, र्‍यापिड एक्सन टीम (आरएटी) को संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङ छन् ।

आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरु शंकर श्रेष्ठ र साजन शर्मा मनाङ पुगेका थिए ।

रास्वपाको कमिटी गठन हुन बाँकी अब मनाङ र डोल्पा जिल्ला छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update