जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै राजीनामा मागेको हो ।
जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्


