सोमबार घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?
नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँले घटेको छ ।
आइतबार प्रतितोला दुई लाख ४४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ ।
आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्


