राष्ट्रिय सभागृहमा एक समाराेहकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टीकाे घोषणा
नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता तथा घोषणासभामार्फत नयाँ पार्टीको घोषणा गरिएको हो ।
नवघोषित पार्टीले नेसपा (नयाँ शक्ति) ले उपयोग गर्दै आएको आँखा चिन्हलाई नै निर्वाचन चिन्हका रूपमा निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै, पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने बताइएको छ ।
कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्

