NRN
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन बैठक आह्वान गरेको छ ।

राप्रपाले मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान गरेको हो । बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update