आइतबार २९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ ।
शुक्रबार तीन हजार एक सय रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ ११:२७
प्रतिक्रिया दिनुहोस्

