एमाले युवाले काठमाडौंमा गरे प्रदर्शन
नेकपा एमाले निकट युवाले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेशनल भोलेन्टियर फोर्स घोषणा गर्नु अघि काठमाडौंको बबरमहलबाट बानेश्वरसम्म एमाले युवा मार्चपास गरेको हुन् ।
यो जुलुश फर्किएर आएर बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भेला गर्ने र फोर्स घोषणा गर्ने कार्यतालिका छ ।
मार्च पासमा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, रामेश्वर फुयाल, युवा संघ इन्चार्ज राजीव पहारी, रामकुमारी झाँक्री लगायत नेता मार्चपासमा छन् ।
यसैबीच एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरुको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्

