शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
महासंघको अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार तीन हजार एक सय ८५ रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी शुक्रबार तीन हजार एक सय रूपैयाँमा कारोबार भइरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्

