NRN
बिहीबार प्रतितोला सात सयले रूपैयाँले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सुन प्रतितोला सात सयले रूपैयाँले बढेको हो ।

बुधबार प्रतितोला दुई लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन महासंघको अनुसार बिहीबार प्रतितोला दुई लाख ४३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला  ३५ रूपैयाँले बढेको छ । 

बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार एक सय ८५ रूपैयाँमा भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update