तारानाथ निरौला कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् ।
कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त उपाध्यक्ष निरौला बैंकिङ क्षेत्रका अनुभवी व्यक्ति हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२ १३:३९
प्रतिक्रिया दिनुहोस्

