NRN
बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार ८ सयले रूपैयाँले बढेको हो ।

मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले बढेको छ । 

मंगलबार तीन हजार ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update