NRN
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) दिउँसो २ बजे बोलाइएको हो ।

बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ ।

यस्ता छन् बैठकका एजेण्डा :

  1. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत) ।
  2. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा ।
  3. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित ।
  4. वाचापत्र कार्यदल विस्तार ।
  5. संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा (संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने) ।
  6. मिडिया अध्ययन कार्यदल (अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने) ।
  7. राजनीति अध्ययन कार्यदल (राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने) ।
  8. उम्मेदवार छनोट सिफारिस समिति विस्तार ।
  9. रुपन्देही–३ को उम्मेदवार सम्बन्धमा ।
  10. विविध - राजनीतिक दल–संगठन अध्ययन कार्यदल (केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने) - जेनजी युवालक्षित अभियान सम्बन्धमा ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update